काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको मूल्य घटेको छ । शुक्रबार सुनको मूल्य ३ सय रुपैयाँले घटेको हो ।
शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेर १ लाख ४४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन १ लाख ४५ हजार रुपैयाँमा किनबेच भएको थियो ।
त्यस्तै, शुक्रबार तेजावी सुन प्रतितोला १ लाख ४४ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार सुन अघिल्लो दिन १ लाख ४४ हजार ३ सय रुपैयाँमा किनबेच भएको थियो ।
त्यसैगरी, आज चाँदी प्रतितोला २० रुपैयाँले घटेर १ हजार ७३० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी १ हजार ७५० रुपैयाँमा किनबेच भएको थियो ।
प्रतिक्रिया दिनुहोस्