Shikhar Insurance
National Life

उत्कृष्ठ करदातामा पर्यो नेपाल लाइफ, ५ अर्ब ३५ करोड रुपैयाँ कर दाखिला

सिंहदरबार संवाददाता
२०८१ श्रावण ११, शुक्रबार १०:२४
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी पनि उत्कृष्ठ करदातामा परेको छ । कम्पनीले गत आर्थिक बर्ष २०८०।८१ मा पाँच ५ अर्ब ३५ करोड ६९ लाख आयकर दाखिला गरि टप १० करदाताको सूचिमा सातौं स्थान सुरक्षित गरेको हो ।

नेपालमा सर्वाधिक धेरै बीमा पोलिसी बेच्ने नेपाल लाइफ इन्स्योरेन्सले सबै भन्दा धेरै कर तिर्ने १० कम्पनीभित्र आफुलाई पार्न सफल भएको हो । सरकारले मर्जर तथा एक्विजिशन र प्रिमियम मूल्यमा सेयर जारी गर्ने कम्पनीहरुलाई कर तिराउने निर्णय गरेपछि कम्पनीले गत बर्ष अतिरिक्त कर तिरेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

एफपीओ जारी गरे वापत अतिरिक्त कर तिरेको कम्पनी टप १० करदातामध्ये सातौं नम्बरमा परेको हो । नेपाल लाइफले जीवन बीमा व्यवसायको ठूलो हिस्सा ओगट्दै आएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्