Shikhar Insurance
National Life

मुख्यसचिवमा लिलादेवी गड्तौला नियुक्त, योजना आयोगको उपाध्यक्षमा डा अधिकारी

सिंहदरबार संवाददाता
२०८१ श्रावण १०, बिहीबार १७:३०
Hyundai
NCELL
NIMB

काठमाढौं । सरकारले मुख्यसचिवमा लिलादेवी गड्तौलालाई नियुक्त गरेको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले सरकारको कायम मुकायम मुख्यसचिव लिलादेवी गड्तौलालाई मुख्यसचिव बनाउने निर्णय गरेको हो ।

त्यस्तै, मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्ष र सदस्यहरु पनि नियुक्त गरेको छ । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा शिवराज अधिकारीलाई नियुक्त गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यसैगरी, राष्ट्रिय योजना आयोगका सदस्यहरुमा डा आरती बिछार, डा रमेश प्रसाद सिंह, डा प्रकाशकुमार श्रेष्ठ, गीताकुमारी पौडेल अधिकारी, डा जयबहादुर टण्डन र गंगादत्त अवस्थीलाई नियुक्त गरिएको उनले जानकारी दिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्