Shikhar Insurance
National Life

एक वर्षमा पाथीभराबाट उठ्यो करिब ४ करोड भेटी

सिंहदरबार संवाददाता
२०८१ श्रावण ९, बुधबार १२:३०
Hyundai
NCELL
NIMB

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरामा एक वर्षको अवधिमा करिब ४ करोड भेटी सङ्कलन भएको छ । स्वदेश तथा विदेशबाट मन्दिर दर्शनका लागि यहाँ आउने भक्तजनले भेटीका रुपमा चढाएको उक्त रकम सङ्कलन गरिएको हो ।

पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार साउन, भदौ, असोज, कात्तिक र मङ्सिरमा मात्रै १ करोड छ लाख ४३ हजार एक सय ७२ भेटी सङ्कलन भएको थियो । पुसमा ३५ लाख २९ हजार, माघमा २४ लाख एक हजार पाँच सय र फागुनमा ५५ लाख ६० हजार आठ सय ८० भेटी सङ्कलन भएको समितिले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

पाथीभरामा मुख्य पूजापाठ चैते दसैँको समयमा हुने भएका उक्त समयमा भक्तजनको घुइँचो लाग्ने गरेको निर्देशक हाङवाङले बताए । चैत मात्र ७५ लाख सात हजार एक सय ५० भेटी सङ्कलन भएको उनले जानकारी दिए । पाथीभरा क्षेत्र विकास समितले वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै वैशाखमा ६९ लाख ३२ हजार चार सय, जेठमा १५ लाख ६५ हजार नौ सय ६५ र असारमा १६ लाख ८८ हजार नौ सय भेटी सङ्कलन भएको उल्लेख गरिएको छ ।

गत आवमा दुई लाख ३१ हजार तीन सय ३४ जना भक्तजनले ताप्लेजुङको पाथीभरा धाममा पुगेर पूजापाठ गरेका क्षेत्र विकास समितिले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्