काठमाडौं । सातोको चौथो कारोबार दिन सुनको मूल्य बढेको छ । अघिल्लो दिन स्थिर रहेको सुनको मूल्य बुधबार ११ सय रुपैयाँले बढेको हो ।
बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४७ हजार ४०० रुपैयाँ रहेको छ । सुन अघिल्लो दिन १ लाख ४६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन प्रतितोला १ लाख ४६ हजार ७ सय रुपैयाँमा किनबेच भइरहेको छ । सुन अघिल्लो दिनज १ लाख ४५ हजार ६ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।
त्यस्तै, आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर १ हजार ८०५ रुपैयाँमा पुगेको छ । अघिल्लो दिन चाँदी १ हजार ७ सय ९० रुपैयाँमा किनबेच भएको थियो ।
प्रतिक्रिया दिनुहोस्