काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा उछाल आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७५.३३ अंकले बढेर २५६३.४३ मा पुगेको हो ।
म्ंगलबार ३१७ कम्पनीको ३ करोड ९७ लाख ९० हजार ८ सय ८९ कित्ता सेयर किनबेच हुँदा १४ अर्ब ११ करोड ६३ लाख ३० हजार ९ सय ९५ रुपैयाँ ७६ पैसा कारोबार भएको छ ।
आज सेयर बजारमा उछाल आए पनि केही कम्पनीको सेयर भने घटेको छ । आज गणपति लघुवित्त, १०.२५ प्रतिशत माच्छापुच्छ्रे बैंक, ८.५ प्रतिशत माछापुच्छ्रे डिभेन्चर, आराम्भ चौातारी लघुवित्त सहित ४९ कम्पनीको सेयर घटेको छ ।
प्रतिक्रिया दिनुहोस्