Shikhar Insurance
National Life

घुस दिएको विषयमा संसद मौन बस्न मिल्दैन : सांसद केसी

सिंहदरबार संवाददाता
२०८१ श्रावण ८, मंगलवार १४:१०
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाली काँग्रेसका सांसद राजन केसीले पूर्वमन्त्री तथा जनता समाजवादी पार्टीका सांसद डा वीरेन्द्र महतोले ५ हजार घुस आफूले दिएको भन्ने विषयमा संसद मौन बस्न नहुने बताएका छन् ।

मंगलबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद केसीले तीन दिनभित्र सदनलाई जानकारी दिन सरकारसँग माग गरेका हुन् । उनले संसदको रोस्ट्रमबाट पूर्वमन्त्री तथा सांसदले पाँच हजार घुस दिएँ भन्दै उठाएको विषयमा सभामुखबाट किन रूलिङ नभएको ? भन्दै प्रश्न गरे । उनले पाँच हजार घुस दिएको विषय संसदले नजरअन्दाज गर्न नमिल्ने बताउँदै उक्त विषयमा सभामुखबाट रूलिङ हुन्छ भन्ने आश भएपनि नभएको गुनासो गरे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले पूर्वमन्त्री तथा सांसदले पनि घुस दिनुपर्ने अवस्था भए आमनागरिकको अवस्था के होला ? भन्दै प्रश्न गरे । उनले भने, ‘संसदमा पूर्वमन्त्री तथा सांसदले अध्ययनको प्रमाणपत्र प्रमाणित गर्न ५ हजार घुस दिनुदिएको विषयलाई संसदले नजरअन्दाज गर्न मिल्दैन । सभामुखले रुलिङ गर्न आवश्यक थियो । तर भएन । घुस खाएको विषय संसदमा बोल्दा समेत संसद मौन बस्नु हुँदैन । अहिले पनि घुस लिनेहरु खुला रुपमा खाईरहेका छन् ।’

उनले भने, ‘लुकका हरेक कार्यालयहरुमा दलालहरु छटपटीरहेका छन् । यसको कारणले मुलुकको राजश्व अत्यन्तै कमजोर छ । आर्थिक वर्ष २०८०/०८१मा १४ खर्ब राजश्व संकलनको लक्ष्य राखेको थियो । जसमा १० खर्ब ३० अर्ब मात्रै राजश्व संकलन भएको छ । यो भ्रष्टाचारको कारण भएको छ । आम्दानी भन्दा बढी खर्च भएपछि मुलुक आर्थिक रुपमा कहाँ जान्छ । मुलुकमा भएका युवाहरुलाई उत्पादन र रोजगारीसँग जोड्नुपर्ने भएपनि मुलुकमा समृद्धि भन्दा पनि केवल साधरण खर्च बढाएर अदोगतितिर लैजाने प्रयास हुँदैछ । म सरकारलाई पाँच हजार घुसका सम्बन्धमा तत्काल सम्बन्धित मन्त्रीहरु र प्रधानमन्त्रीलाई रुलिङको लागि माग गर्दै संसदलाई तीन दिनभत्रि जानकारी गराउन माग गर्दछु ।’

उनले मुलुकमा भ्रष्टाचार बढेको कारणले राजश्व संकलनमा समेत गिरावट भएको बताउँदै सरकारको आम्दानी भन्दा खर्च धेरै भएकाले आर्थिक रुपमा शिथिल बन्न पुगेको बताए । उनले अब सरकारले मुलुकमा भएका युवाहरुलाई उत्पादन र रोजगारीसँग जोड्न आवश्यक भएको बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्