Shikhar Insurance
National Life

५ अर्बको ऋणपत्र निष्कासन गर्दै ग्लोबल आइएमई बैंकले, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल

सिंहदरबार संवाददाता
२०८१ श्रावण ८, मंगलवार १२:३३
Hyundai
NCELL
NIMB

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ५ अर्बको रुपैयाँको ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले वार्षिक ८ प्रतिशत ब्याज प्रदान गर्ने ‘ग्लोबल आइएमई बैंक ऋणपत्र २०९१/९२’ जारी गर्न लागेको हो । बैंकले प्रति कित्ता १ हजार रुपैयाँको दरले ५० लाख युनिट ऋणपत्र बिक्री गर्न लागेको हो ।

उक्त ऋणपत्र बिक्रीको लागि ग्लोबल आइएमई बैंकले बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटललाई नियुक्त गरेको छ । बिक्री प्रबन्धक नियुक्तीसम्बन्धी सम्झौतामा ग्लोबल आइएमई बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र लक्ष्मी सनराइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

जारी युनिटको ४० प्रतिशत अर्थात २ अर्ब बराबरको २० लाख युनिट सर्वसाधारणलाई र बाँकि ६० प्रतिशत अर्थात २ अर्ब बराबरको ३० लाख युनिट व्यक्तिगत तबरबाट बिक्री गरिने छ । १० वर्ष अवधिको उक्त ऋणपत्रमा वार्षिक ८ प्रतिशत दरले अर्धवार्षिक रुपमा ब्याज भुक्तानी हुनेछ ।

ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल भएको निजी क्षेत्रको पहिलो बैंक हो । बैंकका १,१०० भन्दा बढी सेवा केन्द्रहरू, जसमा ३५४ शाखा कार्यालय, ३८४ एटीएम, २७७ शाखारहित बैंकिङ सेवाहरू, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टरहरू ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयहरू रहेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्