काठमाडौं । इन्फिनिटी लघुवित्तले कर्मचारी माग गरेको छ । संस्थाले प्रबन्धक, नायव प्रवन्धक र सहायक प्रवन्धकमा कर्मचारी माग गरेको हो ।
संस्थाले न्यूनतम शैक्षिक योग्यता प्रबन्धकका लागि स्नातकोत्तर एसिसिए तह उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्था वा सरकारी वा अर्धसरकारी संस्थामा अधिकृत स्तरमा कम्तिमा ३ वर्षको कार्य अनुभव या स्नातक तह उत्तीर्ण गरी अधिकृत स्तरमा कम्तिमा ५ वर्ष काम गरेको अनुभव हुनुपर्ने जनाएको छ ।
नायव प्रबन्धक र सहायक प्रबन्धकका लागि लिए उत्तीर्ण गरेको वा एसिसिए स्नाकोत्तर तह उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थामा अधिकृत स्तरमा कम्तीमा २ वर्षको कार्य अनभव वा स्नातक तह उत्तीर्ण गरी ४ वर्ष काम गरेको हुनु पर्नेछ। वित्त विभाग, अनुगमन तथा सुपरिवेक्षण विभाग र आन्तरिक लेखापरीक्षण विभागमा विभागिय प्रमुख भई कार्य गरेका वा सो सम्बन्धी अनुभव भएकालाई विशेष प्राथमिकता दिइने संस्थाले एक सूचनामार्फत जानकारी दिएको छ ।
व्यवस्थापन प्रशिक्षार्थीका लागि स्नातक वा सो सरहको परीक्षा उत्तीर्ण गरेको हुनुपर्ने संस्थाले जनाएको छ । तलव, भत्ता तथा अन्य सुविधाहरु वित्तीय संस्थाको नियमानुसार हुने संस्थाले जानकारी दिएको छ । इच्छुक र योग्यहरुले सूचना प्रकाशन भएको १५ दिनभित्र वित्तीय संस्थाको वेभसाइट www.infinity|bsl.com.np मा Career भित्र गई Online Application बाट दरखास्त दिनुपर्ने संस्थाले जनाएको छ ।
दरखास्त आवेदन सँगै आफ्नो थायोडाटा, हालसालै खिचिएको पासपोर्ट साइजको फोटो, नेपाली नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यता, तालिम तथा अनुभवका प्रमाणपत्रहरु सम्लग्न गरी आवेदन पठाउन सकिनेछ। रितपुर्वक तोकिएको समयभित्र प्राप्त सबै आवेदन उपर छानविन गरी छोटो सूचीमा परेका उमेदवारहरुलाई मात्र अन्तर्वार्ताको लागि सम्पर्क गरिने संस्थाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्