काठमाडौं । सूर्योदय वोमी लघुवित्तको एफपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
संस्थाले साधारण सेयर सर्वसाधारणहरुका थप सार्वजनिक निष्काशन (फदर पब्लिक अफरिङ्ग) तथा बिक्री खुला गरिएकोमा माग भन्दा बढी कित्ताहरुको लागि आवेदन प्राप्त भएकोले आज साउन ८ गते बैंकिङ्ग समय पश्चात् सो सेयरका लागि आवेदन लिने कार्य बन्द गर्न लागेको हो ।
लगानीकर्ताले आज कार्यालय समयभित्र यसमा आवेदन दिन सक्नेछन् । यस लघुवित्तले साउन ४ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँमा ४६ हजार ७ सय २९.५४५० कित्ता एफपीओ बिक्रीमा ल्याएको हो । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ जारी गरेको हो ।
यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिने संस्थाले जनाएको छ । सी-आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल रहेको छ ।
प्रतिक्रिया दिनुहोस्