काठमाडौं । सत्तारुढ नेकपा (एमाले) का सचिव योगेशकुमार भट्टराईले स्वार्थको द्वन्द्वसम्बन्धि कानून तत्काल निर्माण गर्न सरकारसँग माग गरेका छन् ।
सर्वोच्च अदालतले समेत आदेश दिएकाले सो कानून निर्माणमा सरकारले ढिलाई गर्न नहुने उनकोतर्क थियो । सोमबार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै सचिव भट्टराईले राजनीतिलाई पारदर्शी बनाउन । साथै स्वच्छता निर्माण गर्न र न्यायसम्मत ढंगले काम कारबाही अघि बढाउन पनि सरकारले सो कानून निर्माणका ढिलाई गर्न नहुने बताए । उनले सो कानुन नेपाल कानून आयोगले बनाएर कानून मन्त्रालयमा बुझाएको उल्लेख गर्दै उनले त्यसलाई तत्काल संसदमा पेश गर्न पनि सरकारलाई सचेत गराए ।
सचिव भट्टराईले रानजीतिक नेतृत्व समेत स्वार्थको बन्दी बनेकाले पनि त्यसको नियमन गर्न सो कानून निर्माण गर्न अति आवश्यक भएको बताए ।
प्रतिक्रिया दिनुहोस्