प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसी परियोजना अन्तर्गतका कामहरु तोकिएको समयमै सम्पन्न हुनेगरी काम अगाडी बढेको बताएका छन् ।
सोमबर प्रतिनिधि सभा बैठकमा सांसदहरुसँग प्रश्नोत्तर गर्दै प्रधानमन्त्री ओलीले एमसीसी परियोजना अन्तर्गतका कामहरु तोकिएको समय पाँच वर्ष भित्रै सम्पन्न हुनेगरी काम अगाडी बढेको बताएका हुन् ।
उनले सम्झौता अनुरुप ट्रान्समिसन लाइन, सबस्टेशन तथा सडक स्तरोन्नतिका आयोजना तोकिएको समयमै सम्पन्न हुनेगरी काम अगाडी बढेको जानकारी दिए । उनले एमसीसीबाट प्राप्त हुने अमेरिकी डलर पाँच सय मिलियन बराबरको रकम सम्झौता अवधिभित्र पूरै उपयोग गर्नेगरी वित्तिय योजना ढाँचा कार्यान्वयन हुने पनि जानकारी दिए ।
उनले एमसीसी परियोजनामार्फत नेपालको ऊर्जा क्षेत्रको विकासमा विशेष योगदान पुग्ने तथा सडक स्तरोन्नतिमा नयाँ प्रविधि हस्तान्तरण हुने बताए ।
प्रतिक्रिया दिनुहोस्