Shikhar Insurance
National Life

कलम चिह्नधारी नेकपा एकिकृतलाई एक हप्ताभित्रै दल दर्ताको प्रमाणपत्र

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ १७, सोमबार ११:४७
Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा(एकिकृत)ले केहि दिनभित्रै दल दर्ताको प्रमाणपत्र पाउने भएको छ । निर्वाचन आयोगले दर्ताका लागि पेश गरिएको निवेदन र आवश्यक कागजात अध्ययन गरिसकेको र केहि दिनभित्रै दलको प्रमाणपत्र दिन लागेको हो ।

नेकपा(एमाले)का युवा नेता जीवन राई र बिनोद खुलाल अध्यक्ष र महासचिव रहेर दल दर्ताका लागि बैशाख ७ गते निर्वाचन आयोगमा निवेदन दिएका थिए ।
उनीहरुले कलमलाई चुनाव चिह्नका रुपमा प्रस्ताव गरेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सोही चुनाव चिह्न मागेर बागमति प्रदेशको राष्ट्रिय सभा निर्वाचनमा डा. खिमलाल देवकोटाले विजय प्राप्त गरेका थिए । डा. देवकोटालाई एमाले बरिष्ठ नेता माधव कुमार नेपालको प्रस्तावमा विपक्षी गठबन्धनका तर्फबाट काँग्रेस, माओवादी, जनता समाववादी पार्टी(उपेन्द्र–बाबुराम) समुहले सहयोग गरेको थियो ।

कलम चिह्नधारी यहि पार्टीलाई एमाले विभाजन भएको अवस्थामा माधव नेपालहरुको पार्टीका रुपमा हेरिएको छ । अध्यक्ष राई र महासचिव खुलाल दुबै माधव नेपाल निकट युवा नेताहरु हुन् ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्