Shikhar Insurance
National Life

नागरिक लगानी कोषद्वारा सेयर बिक्रीका लागि बोलपत्र आव्हान, न्यूनतम मूल्य कति ?

सिंहदरबार संवाददाता
२०८१ श्रावण ७, सोमबार ११:२५
Hyundai
NCELL
NIMB

काठमाडौं । नागरिक लगानी कोषले संस्थापक समुहको सेयर बिक्रीका लागि बोलपत्र आव्हान गरेको छ । कम्पनीले एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको ५० हजार कित्ता सेयर बिक्रीका लागि गोप्य शिलबन्दी बोलपत्र आव्हान गरेको हो ।

सेयर प्रतिकित्ता न्यूनतम मूल्य ७ सय ७ रुपैयाँ तोकिएको छ । शिलबन्दी बोलपत्र साउन ७ गतेदेखि साउन १४ गतेसम्म पेश गर्नुपर्ने लगानी कोषले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

इच्छुकहरुले एनआईसी एशिया बैंक लिमिटेडको कर्पोरेट कार्यालयः ट्रेड टावर नेपाल, थापाथली, काठमाण्डौ शाखा कार्यालयहरु विराटनगर, मोरङ्ग आदर्शनगर, वीरगंज महेन्द्रपुल, पोखरा श्रवणपथ, बुटवल हस्पिटल लाइन, धनगढी र विरेन्द्रनगर, सुर्खेतमा बोलपत्र आवेदन फाराम बुझाउन सकिने लगानी कोषले जानकारी दिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्