काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा रामचन्द्र जोशी पुनः नियुक्त भएका छन् । संस्थाको साउन ६ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार सञ्चालकमा संस्थापक सेयरधनी जोशी पुनः नियुक्त भएका हुन् ।
जोशीलाई साउन १३ गतेदेखि लागू हुनेगरी आगामी ४ वर्षको लागि सञ्चालकमा नियुक्त गरेको संस्थाले जनाएको छ ।
सञ्चालक जोशीको कार्यकाल साउन १२ गते समाप्त हुने भएकाले उक्त पदमा जोशीलाई नै पुन: नियुक्त गरेको संस्थाले एक सूचनामार्फत जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्