काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको मूल्य सामान्य बढेको छ । तीन दिनदेखि लागातार घटिरहेको सुनको मूल्य आज सामान्यले बढेको हो ।
सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन प्रतितोला १ लाख ४६ हजार २ सय रुपैयाँमा किनबेच भएको थियो ।
नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४५ हजार ६ सय रुपैयाँ रहेको छ । अघिल्लो दिन सुन १ लाख ४५ हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो ।
त्यस्तै, आज चाँदी प्रतितोला २० रुपैयाँले घटेर १ हजार ७ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी अघिल्लो दिन १ हजार ८ सय १० रुपैयाँमा किनबेच भएको थियो ।
प्रतिक्रिया दिनुहोस्