Shikhar Insurance
National Life

काँग्रेस र एमालेले गर्दा मुलुकमा राजनीतिक अस्थिरता भएको हो : अध्यक्ष लिङदेन

सिंहदरबार संवाददाता
२०८१ श्रावण ६, आईतवार १६:३४
Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले मुलुकमा राजनीतिक अस्थिरताको कारण काँग्रेस र एमाले भएको बताएका छन् । आईतबार प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्षमा मतदान गर्ने जानकारी गराउँदै यस्तो बताएका हुन् ।

उनले गणितले मात्रै काम गर्ने भएको भए कम्युष्टि पार्टी एक्लैले करिब दुई तिहाई मत ल्याउँदा पनि पाँच वर्ष सरकार चल्न नसकेको बताए । उनले काँग्रेसले पटक–पटक एक्लै बहुमत ल्याउँदा पनि स्थिरता नभएको बताउँदै संविधानमा निर्वाचन र नियुक्ति प्रणालीमा सुधार गर्न आवश्यक रहेको बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले भने, ‘अहिले मुलुकमा स्थिरता नहुनु,समावेशी,समानुपातिकमा साना दलहरु होइनन् । दुई दलहरुको क्रियाकलाप मुख्य हुन् । साना दलहरुलाई आवश्यक परेको बेला फुटाउनु हुन्छ । साना लोभ देखाएर फाउँदैसँगै बसाउनु हुन्छ । चलखेल तपाईहरु गर्नुहुन्छ । गणितले मात्रै काम गर्ने भएको भए कम्युष्टि पार्टी एक्लैले करिब दुई तिहाई मत ल्याएको होइन । किन पाँच वर्ष सरकार चलेन ।’

‘काँग्रेसले पटक–पटक एक्लै बहुमत ल्याएको होइन । साना दल र समानुपातिको समस्या होइन । काँग्रेस र एमालेको प्रवृत्ति र चरित्र हो । संविधानमा सुधार गर्नुपर्ने धेरै कुराहरु छन् । निर्वाचन,नियुक्ती प्रणालीमा सुधार गर्नु छ । न्यायलयमा कारिदा नियुक्त गरेर मुलुकमा सुशासन कायम हुँदैन’ उनले भने ।

उनले न्यायलयमा पार्टीका कारिन्दा नियुक्त गरेर मुलुकमा सुशासन कायम हुन नसक्ने बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्