काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा छलाङ आएको छ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) परिसूचक ६१.६१ अंकले बढेर २४८५.९४ मा पुगेको हो ।
आइतबार सोल्टी होटल लिमिटेडको सबैभन्दा धेरै कारोबार भएको छ । होटलको ३४ करोड १० लाख ९६ हजार ३ सय ७ रुपैयाँ कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता मूल्य ५ सय १२ रुपैयाँ रहेको छ ।
त्यस्तै, हिमालयन रिइन्स्योरेन्स, कुमारी बैंक, सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट, शिवम सिमेन्टको सेयरमा सर्वाधिक कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्