काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काँग्रेससँग २/२ वर्ष प्रधानमन्त्री बन्ने सहमति गरेको बताएका छन् । आइतबार प्रतिनिधि सभामा विस्वासको मत माग्दै ओलीले आफूहरुले २/२ वर्षका लागि प्रधानमन्त्री बाटफाट गरेको दाबी गरेका हुन् ।
नेपाली काँग्रेस र नेकपा (एमाले) बिच सरकार गठनका लागि ७ बुँदे सहमति भएको छ । ७ बुदाँ मध्ये १ बुँदामा प्रधानमन्त्री कार्याकाल विभाजन गरेको छ । यस्तै, अर्को बुदाँमा राजनितिक स्थायित्वका लागि संविधान संशोधन गर्न विषय उल्लेख गरेको छ । जसमा राष्ट्रिय दल बन्नका लागि आवश्यक पर्ने थ्रेसहोल्ड बढाउने तयारी काँग्रेस एमालेको छ ।
प्रतिक्रिया दिनुहोस्