Skip to content
Shikhar Insurance
National Life

फोन पेले घोषणा गर्‍याे ‘पैसा पठाऔँ ठाउँको ठाउँ’ अभियान, विजेतालाई ‘आइफोन १५ प्रो’ उपहार

Hyundai
NCELL
NIMB

ललितपुर । नेपालको सबैभन्दा ठूलो भुक्तानी संचालक फोन पेले ‘फोन पे डिरेक्ट, पैसा पठाऔँ ठाउँ को ठाउँ’ अभियानको घोषणा गरेको छ ।

फोन पेले प्रयोगकर्ताहरूलाई मोबाइल नम्बर, खाता नम्बर, र व्यक्तिगत क्युआर मार्फत अन्तरबैंक रकम ट्रान्सफर सेवाबारे थप प्रोत्साहन गर्ने लक्ष्यका साथ यो अभियानको घोषणा गरेको हो ।

फोन पेले यो अभियानले मोबाइल नम्बरबाट रकम ट्रान्सफर गर्दा तुरुन्त र सुरक्षित हुने र सबै प्रयोगकर्ताहरूलाई सजिलो हुने बताएको छ।
यो अभियान २ महिनासम्म चल्नेछ र भदौ ३१ मा समाप्त हुनेछ। यस अभियानको अन्त्यमा दुईजना भाग्यशाली विजेतालाई ‘आइफोन १५ प्रो’ दिने मेगा उपहार योजना रहेको फोन पेले जनाएको छ ।

यो मेगा उपहार जित्ने मौका पाउनका लागि प्रयोगकर्ताहरूले ‘फोन पे डिरेक्ट’ बाट पैसा पठाउदा रिमार्क्स सेक्शनमा विशेष प्रमोकोड ‘फोन पे डिरेक्ट’ राख्नुपर्नेछ र अभियान अवधिमा मोबाईल बैँकिङ् एप प्रयोग गरेर ‘फोन पे डिरेक्ट’ मार्फत कम्तीमा तीन पटक पैसा ट्रान्सफर गर्नु पर्नेछ।

फोनपेका चिफ इसट्राटेजी अफिसर सुबोध शर्माले भने, ‘हामी ‘फोन पे डिरेक्ट’ पैसा पठाऔँ ठाउँ को ठाउँ’ विशेष अभियान पुनः ल्याउन पाउँदा उत्साहित छौं । यो अभियानले नेपाली उपभोक्ताहरूका लागि डिजिटल कारोबारलाई अझ पहुँचयोग्य बनाउने हाम्रो प्रतिबद्धतालाई दर्साएको छ र फोन पे डिरेक्ट लाई तुरुन्त, सुरक्षित र सुविधाजनक रकम ट्रान्सफरको लागि प्रमुख विकल्पको रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ। हामीलाई विश्वास छ कि प्रयोगकर्ताहरू हाम्रो सेवाका विशेषताहरूबाट खुशी हुने छन् ।’

बैंक परिसरहरुबाटै आक्टिभेसन मार्फत फोनपे डिरेक्टबाट एक बैंकबाट अर्को बैंकमा कसरी पैसा पठाउन सकिन्छ भन्ने कुराको सिकाईलाई ग्राहकहरु माझ थप उजागर गर्ने यस अभियानको मुख्य उद्देश्य हो। फोनपेले सँधै आफ्नो ग्राहकहरूको वित्तीय कारोबारको सुरक्षालाई प्राथमिकता दिन्छ र उच्च स्तरको एन्क्रिप्शन र प्रमाणीकरण प्रोटोकलहरू समावेश गरेर मोबाइल नम्बर मात्र प्रयोग गरेर सुरक्षित र संरक्षित रकम ट्रान्सफरलाई सुनिश्चित गर्ने जनाएको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्