काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने भएको छ ।
आईतबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीले प्रश्ताव गर्नुहुने विश्वासको मतको विपक्ष मतदान गर्ने निर्णय गरेको हो । पार्टीका सबै सांसदहरुसँग घनिभुत छलफल गरेर सो निर्णयमा पुगिएको पार्टीका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।
त्यसैगरी सो दलले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिन पनि पार्टीका सांसदहरुलाई ह्वीप जारी गरेको छ । प्रमुख सचेतक परियारले भने,‘सम्माननीय प्रधानमन्त्रीज्युले विश्वासको मत जो माग्नुभएको छ । त्यसमा पार्टीका सबै सांसदहरुले घतिभुत छलफल गरेर सो प्रश्तावको विपक्षमा मतदान गर्ने निर्णय गर्यौं । र ह्वीप पनि जारी गरी सकेका छौं ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले आईतबारको प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिने कार्यसूचि रहेको छ ।
प्रतिक्रिया दिनुहोस्