Shikhar Insurance
National Life

न्युनतम मूल्य ३ सय ४८ रुपैयाँमा सूर्योदय वोमी लघुवित्तको संस्थापक सेयर बिक्रीमा

सिंहदरबार संवाददाता
२०८१ श्रावण ६, आईतवार १०:५७
Hyundai
NCELL
NIMB

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीयसंस्थाले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । संस्थाले एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको ६१ हजार ८ सय ५ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

सेयरको प्रतिकित्ता न्युनतम मूल्य ३ सय ४८ रुपैयाँ तोकिएको छ । उक्त सेयरहरु खरिद गर्न योग्य इच्छुक विद्यमान संस्थापकहरू वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले साउन १३ गतेभित्र गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्नुपर्ने संस्थाले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

ईच्छुकहरुले एनआईसी एशिया बैंक लिमिटेडको कर्पोरेट कार्यालय ट्रेड टावर नेपाल, थापाथली, काठमाडौं, शाखा कार्यालयहरु विराटनगर, मोरङ्ग, आदर्शनगर, वीरगंज, महेन्द्रपुल, पोखरा, श्रवणपथ, बुटवल, हस्पिटल लाइन, धनगढी र विरेन्द्रनगर, सुर्खेतमा बोलपत्र आवेदन फारम पेश गर्नुपर्ने संस्थाले सूचनामार्फत जानकारी दिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्