Shikhar Insurance
National Life

कोरोना बीमाको रकम छिट्टै भुक्तानी दिन्छौं- अर्थमन्त्री पौडेल

सिंहदरबार संवाददाता
२०८१ श्रावण ५, शनिबार ०९:४८
Hyundai
NCELL
NIMB

काठमाडौं । अर्थमन्त्री बिष्णु पौडेलले कोरोना बीमाको बाकी दावी भुक्तानी रकम छिट्टै उपलब्ध गराउने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ(नाफिज)को कार्यसमितिसंग भेटमा मन्त्री पौडेलले कोरोना बीमितले आफ्नो दावी वापतको रकम निकट भविस्यमै प्राप्त गर्ने बताएका हुन् ।

“कोरोना बीमितले आफ्नो दावी वापतको रकम छिट्टै पाउनु हुनेछ, त्यसबारे अर्थ मन्त्रालय छिट्टै निष्कर्षमा पुग्दैछ ।”, मन्त्री पौडेलले भने ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कोरोना बीमाका कारण सर्वसाधरण व्यक्तिको बीमाप्रतिको धारणा नै नकारात्मक हुनेगरी आलोचना भएको भन्दै उपयुक्त निष्कर्षमा पुग्ने मन्त्री पौडेलले बताएका हुन् ।

उनले कोरोना बीमाको बाकी दायित्व कस्ले कसरी ब्यहोर्ने भन्ने बारे नेपाल बीमा प्राधिकरणसंग घनिभुत छ्लफल भैरहेको जानकारी पनि दिए । “कोरोना बीमाको भुक्तानी कसरी गर्ने भन्नेबारे बीमा प्राधिकरणले विभिन्न विकल्प दिएको छ, हामी उपयुुक्त विकल्प के हुन सक्छ भनेर छलफल गरिरहेका छौँ ।”, मन्त्री पौडेलले भने ।

सरकारी कर्मचारीहरुको कोरोना बीमा सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनी मार्फत गरिएको छ ।त्यस बाहेक सरकारले बजेट वक्तव्य मार्फत बीमा पोलिसी खरिदमै प्रीमियम सहुलियतको रकम समेत उपलब्ध गराएको छैन ।

अहिले कोरोना बीमा वापतको १० अर्ब भन्दा बढी रकम भुक्तानी गर्न बाकी छ । उता, महालेखा परिक्षकको प्रतिवेदनमा भने कोरोना बीमाको रकम सरकारले भुक्तानी दिन नमिल्ने भन्दै उल्लेख गरिएको छ ।
महालेखाले यसअघि सरकारले दिएको डेढ अर्ब भुक्तानीलाई बेरुजु भनिसकेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्