Shikhar Insurance
National Life

मौद्रिक नीतिमा राष्ट्र बैंकमाथि कुनै हस्तक्षेप हुँदैन : अर्थमन्त्री पौडेल

सिंहदरबार संवाददाता
२०८१ श्रावण ४, शुक्रबार १९:४०
Hyundai
NCELL
NIMB

काठमाडौं । उपप्रधानमन्त्री एवं तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शुक्रवार नेपाल राष्ट्र बैंकलाई मौद्रिक नीति ल्याउन हस्तक्षेप नगरेको बताएका छन् । शुक्रबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) का पदाधिकारीहरुसँगको भेटमा राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिमा अर्थमन्त्रालयले हस्तक्षेप गर्न नमिल्ने बताएका हुन् ।

उनले मौद्रिक नीति राष्ट्र बैंकको क्षेत्राधिकार भित्रको विषय भएकाले अर्थमन्त्रालयले हस्तक्षेप गर्न नमिल्ने बताउँदैँ राष्ट्र बैंकले राम्रो मौद्रिक नीति ल्याउने तयारी गरेकाले शुक्रवार रोकिएको जानकारी आएको बताए । उनले राष्ट्र बैंकले छिटै मौद्रिक राम्रो मौदिक नीति ल्याउने विश्वास रहेको बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले राष्ट्र बैंक स्वायत्तता संस्था भएकाले क्षेत्राधिकार प्रयोग गर्ने विषयमा हस्तक्षेप हुनुहुँदैन भन्ने आफ्नो मान्यता रहेको बताए । उनले सहकारी क्षेत्रमा समस्या लामो समयदेखि झाँगिदै जाँदा अहिले बाहिर आएको बताए । उनले सहकारी समस्या आयो भन्दैमा सहकारी चाहिँदैन भन्ने ठाउँमा पुग्न नहुने बताए । उनले सहकारी आवश्यक भएकाले कमजोर हुन दिनेगरी समस्याको गहिराईमा गएर सरकारले सहकारीका समस्या समाधान गर्ने बताए ।

उजले वचत तथा ऋण सहकारी संस्थाका वचत कर्ताको बचत संरक्षण गरी समस्या समाधान गर्नुपर्ने अवस्था रहेको बताए । अर्थतन्त्रमा देखिएका समस्याको एक–एक गरेर समस्या समाधान गर्ने तयारीमा सरकार रहेको अर्थमन्त्रीको भनाई छ । उनले सहकारी,भुक्तानी लगायत समग्र अर्थतन्त्रका समस्या समाधान गर्दै जाने बताए ।

उनले भने,’मौद्रिक नीति राष्ट्र बैंकको क्षेत्राधिकार भित्रको विषय हो । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई मैले मौद्रिक नीति ल्याउनुहुन्छ भनेर सोधेको थिए । उहाँले राम्रो मौद्रिक नीति ल्याउने तयारीमा छौं । राष्ट्र बैंकले छिटै मौद्रिक नीति ल्याउँछौं भन्नुभएको छ । छिटै मौद्रिक नीति आउँछ भन्ने विश्वासमा छु । अर्थमन्त्रीले हस्तक्षेप गर्ने कुरामा विश्वास छैन । राष्ट्र बैंक स्वायत्तता संस्था हो । राष्ट्र बैंकको क्षेत्राधिकार प्रयोग गर्ने विषयमा हस्तक्षेप हुनुहुँदैन भन्ने मेरो मान्यता हो । सहकारीमा देखापरेका समस्या तत्काल देखापरेका होइन । लामो समय देखि झाँगिदै गएकाले अहिले देखापरेको हो । सहकारी समस्या छ भन्दैमा अब सहकारी चाहिँदैन भन्ने ठाउँमा पुग्नु हुँदैन ।’

उनले भने, ‘सहकारी आवश्यक छ कमजोर हुन दिनु हुँदैन । सहकारीका समस्या समाधान गर्न सक्नुपर्छ । वचत तथा ऋण सहकारी संस्थाका वचत कर्ताको वचत संरक्षण गरी समस्या समाधान गर्नुपर्ने छ । अर्थतन्त्रमा देखिएका समस्याको एक–एक गरेर समस्या समाधान गर्नुपर्छ त्यो सरकारले गर्छ । सरकार अव सहकारी,भुक्तानी लगायत समग्र अर्थतन्त्रका समस्या समाधान उन्मुख भएर जान्छ । सरकारले समस्या सिर्जना भन्दा पनि किस्ता–किस्तामा समस्या समाधान गरेर जान्छ । सरकार सापेक्षित रुपमा राजनीति स्थिरता कायम गर्दै आर्थिक एजेण्डामा केन्द्रित भएर जाने जान्छ ।’

उनले सरकारले समस्या सिर्जना भन्दा पनि किस्ता–किस्तामा समस्या समाधान गरी सापेक्षित रुपमा राजनीति स्थिरता कायम गर्ने र आर्थिक एजेण्डामा केन्द्रित भएर जाने जानकारी दिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्