Shikhar Insurance
National Life

आर्थिक र सुशासन क्षेत्रका सुधारमा सरकार प्रतिबद्ध : प्रधानमन्त्री ओली

सिंहदरबार संवाददाता
२०८१ श्रावण ४, शुक्रबार १७:२१
Hyundai
NCELL
NIMB

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने वर्तमान सरकारको अठोटमा सबै दलले रचनात्मक सहयोग पु¥याउन आह्वान गरेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले तयार गरेको सुझाव पत्र आज सिंहदरबारमा ग्रहण गर्दै उनले मुलुकलाई अग्रगमनका साथै आर्थिक र सुशासनका क्षेत्रमा सुधारका लागि सरकार प्रतिबद्ध हुने जानकारी दिएका हुन् ।

एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले भने,“सुझावले सरकारलाई काम गर्न एक प्रकारको मार्गदर्शन हुने छ । ती सुझाव सरकारका सम्बन्धित मन्त्रालयमा आवश्यक कारबाहीका लागि दिइने छ । ” एमालेका महासचिव शङ्कर पोखरेलले उक्त ९९ बुँदे सुझावको प्रतिवेदन हस्तान्तरण गरेका थिए । भने उपमहासचिव प्रदीप ज्ञवालीले सुझावको सार प्रस्तुत गरेका थिए ।

एमालेको हाल ३३ विभागमध्ये २८ विभागले छलफल गरेर ती सुझाव तयार पारेका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्