काठमाडौं । राष्ट्रिय सभामा नेकपा एमालेका सांसद सोनाम गेल्जेन शेर्पाले विकासका संरचनालाई वैज्ञानिकरण गर्न नसक्दा नेपालले विपद्जन्य क्षति बढी व्यहोरिरहेको बताएका छन् । शुक्रबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले विपद् व्यवस्थापनमा वैज्ञानिक प्रणाली अपनाउन नसकिएको बताउँदै देशले अहिले बाढी, पहिरो लगायतका विपद्जन्य घटना व्यहोरिरहेको बताए । उनले बाढी, पहिरो लगायत विपद्मा परी साउन ३ गते दिउँसोसम्म १२५ जनाको मृत्यु भएको बताए । उनले जसअन्तर्गत कोशीमा २२, मधेसमा ५, वागमतीमा २२, गण्डकीमा ३८, लुम्बिनीमा २३, कर्णालीमा ७ जना र सुदूरपश्चिममा २ जनाको मृत्यु भएको बताए ।
उनले गृह मन्त्रालयको आपत्कालीन कार्य सञ्चालन केन्द्रकाअनुसार ५३ जना बेपत्ता रहेको बताए । उनले चितवनको भरतपुर, २९ सिमलटारमा लेदोसहितको पहिरोले २ वटा बस बगाउँदा दुई वटा बसको यात्रुमध्ये साउन ३ गतेसम्म २० जनाको शव फेला परेको बताए । प्रहरीकाअनुसार जारी मनसुन अवधिमा १८२ घर डुबानमा, २२२ घर क्षतिग्रस्त, ४३ पुल नष्ट, १ विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको बताए । उनले यस अवधिमा । ५८५ वटा पशु चौपाय मरेका र ३ हजार ७२१ परिवार बिस्थापित भएको बताए ।
उनले भने, ‘देश अहिले अलिकति बाढी, पहिरो जोखिमयुक्त कारणले देशले क्षति व्यहोरिरहेको छ । बाढी, पहिरो लगायत विपद्मा परी साउन ३ गते दिउँसोसम्म १२५ जनाको मृत्यु भएको छ । कोशीमा २२, मधेसमा ५, वागमतीमा २२, गण्डकीमा ३८, लुम्बिनीमा २३, कर्णालीमा ७ जना र सुदूरपश्चिममा २ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयको आपत्कालीन कार्य सञ्चालन केन्द्रकाअनुसार ५३ जना बेपत्ता छन्, चितवनको भरतपुर, २९ सिमलटारमा लेदोसहितको पहिरोले २ वटा बस बगाउँदा दुई वटा बसको यात्रुमध्ये साउन ३ गतेसम्म २० जनाको शव फेला परेको छ । प्रहरीकाअनुसार यो अवधिमा १८२ घर डुबानमा छन् । २२२ घर क्षतिग्रस्त भएको, ४३ पुल नष्ट भएको, १ विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ५८५ वटा पशु चौपाय मरेका छन्, ३ हजार ७२१ परिवार बिस्थापित भएको छ ।’
सांसद शेर्पाले सडक सुरक्षामा विशेष ध्यान दिनुपर्ने बताउँदैँ पूर्वसूचना प्रणालीलाई विश्वासिलो बनाउन जरुरी रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्