Skip to content
Shikhar Insurance
National Life

एसियन थाइ फुड्सको टु पिएम भेज र चिकेन मसला करी चाउचाउ बजारमा

Hyundai
NCELL
NIMB

काठमाडौं । साढे दुई दशकको इतिहास बोकेको एसियन थाइ फुड्स प्रालिले ‘टु पिएम चाउचाउ’का थप दुई भेरियन्ट सार्वजनिक गरेको छ ।

कम्पनीले टु पिएम चाउचाउका ब्राण्ड एम्बास्डर समेत रहेका मास्टरशेफ सन्तोष शाहको रेसिपी अनुसार तयार पारिएको ‘टु पिएम चाउचाउ’को दुई नयाँ भेरियन्ट ‘भेज मसला करी’ र ‘चिकन मसला करी’ बजारमा ल्याएको हो।

ुसही छु भन्ने नारासहित बजारमा ल्याइएको यस चाउचाउको स्वाद, गुणस्तर र प्याकेजिङ्गजस्ता सबै पक्षहरूमा उत्कृष्ट रहेको कम्पनीले बताएको छ । टु पिएम चाउचाउको यी दुई नयाँ भेरिएन्ट विकास गर्नलाई धेरै समय लागेको मास्टरसेफ सन्तोष शाह बताउँछन् । उनले यो रेसिपी निकै स्वादिष्ट भएकाले उपभोक्ताले रुचाउने विश्वास लिएको बताए ।

नेपाललाई प्रोमोसन गर्न यस कम्पनीले योगदान गरेको उनको भनाइ छ । ‘हामी भित्र्याउँछौँ मात्रै तर पठाउँदैनौँ । तर यो कम्पनीले चाउचाउलाई ३० भन्दा बढी मुलुकमा पठाइरहेको सुन्न पाउँदा गर्व लागेको छ,’ उनले भने । केही समयअघि देखि उत्पादन रोकिएको टु पिएम चाउचाउको पुनस् उत्पादन तथा बिक्री वितरण सुरू गरेको कम्पनीले जनाएको छ ।

२०५६ मा स्थापित एसियन थाई फुड्स प्रालिले २०५७ मा पहिलो चाउचाउ बजारमा ल्याएको थियो। विगतका २५ वर्षमा कम्पनीले रमपम, प्रिती र टु पिएम जस्ता अग्रणी ब्राण्डहरू बजारमा उपलब्ध रहेको छ । यसले टु पिएम र रमपम ब्राण्ड अन्तर्गत विभिन्न स्न्याक्सहररु बजारमा ल्याएको छ । अकबरे चिकन चाउचाउ ५० रुपैयाँमै किन्न सकिने कम्पनीले जनाएको छ । यससँगै अकबरे भेज, कोरियन रामेन, किमची भेज, किमची चिकन, नापोलिटाना, सि फुड, चिज मशरुम जस्ता उत्पादनहरू पनि बजारमा रहिरहने कम्पनीले जनाएको छ ।

कम्पनीले स्न्याक्सतर्फ भने प्रिमियम चिज बल्स, अकबरे स्टिक्स, फायर बल्स, स्रिम्प क्रैकर, अनियन रिंग, पञ्जाबी तड्का, फायर क्रैकर, लेमन मिन्ट स्टिक्स, मसला स्टिक्स, पास्ता जस्ता उत्कृष्ट उत्पादनहरू रहेको जानकारी दिएको छ । एसियन थाई फुड नेपालमा प्रिमियम श्रेणीका चाउचाउ उत्पादन गर्ने पहिलो कम्पनी हो । कम्पनीले स्थानीय रूपमा उब्जाइएको अकबरे खुर्सानी प्रयोग गरेर टु पिएम अकबरे चाउचाउ उत्पादन गर्दै आएको छ।

चाउचाउ रुचाइएकाले खुर्सानीको समेत आपूर्ति बढिरहेको भन्दै कम्पनीले यसले स्थानीयलाई आर्थिक रुपमा समेत लाभ मिलेको जनाएको छ । ‘किसानलाई अकबरे खुर्सानी खेतीतर्फ आकर्षक बढिरहेको छ,’ कम्पनीले भनेको छ । ‘हामी मास्टरशेफ सन्तोष शाहद्वारा तयारी र सिफारिस गरिएका नयाँ टु पिएम चिकन मसला र भेज मसला करी नूडल्स बजारमा ल्याउन पाउँदा निकै उत्साहित छौ’ कम्पनीका प्रबन्ध निर्देशक महेश जाजुले भने ।

कम्पनीले केही समयमै ‘क्यानमा स्न्याक्स’ र ‘कप नूडल्स’जस्ता अझै प्रिमियम उत्पादनहरू बजारमा ल्याउने जाजुले बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्