काठमाडौं । प्राइम कमर्सियल बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको सेयर बिक्रीमा ल्याएको हो ।
सेयरको संख्या र प्रतिकित्ता मूल्य भने तोकिएको छैन । उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले यो सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको कम्पनी सचिवको कार्यालयमा निवेदन दिनुपर्ने बैंकले जनाएको छ ।
साथै, उक्त समयावधिभित्र संस्थापक सेयरधनीहरुबाट सेयर खरिदको कुनै निवेदन प्राप्त हुन नआएको खण्डमा प्रचलित कानुन बमोजिम अन्य व्यक्ति तथा संस्थामा बिक्रि प्रकृया अगाडि बढाउने बैंकले सूचनामार्फत जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्