Shikhar Insurance
National Life

देशको अवस्था प्रशंसा गर्न लायक छैन : प्रधानमन्त्री ओली

सिंहदरबार संवाददाता
२०८१ श्रावण ३, बिहीबार १३:५०
Hyundai
NCELL
NIMB

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अवस्था प्रशंसा गर्न लायक नभएको बताएका छन् । बिहीवार ६२ औँ इन्जिनियर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले देशको अवस्था अहिले राम्रो नभएको पनि बताए । देश प्रशंसा गर्न लायक भएपनि देशको अवस्था भने प्रशंसा गर्न लायक नभएको बताए । उनले देशको इतिहास गौरवपूर्ण र प्रशंसा गर्न लायक भएको बताउँदै देशको भविष्य उज्वल रहेको भएपनि अहिलेको अवस्था भने सन्तोष मान्न र खुशी हुन सकिने नरहेको बताए।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले भने, ‘देश समस्यामा छ । शरीरमा सन्चो छैन बिरामी छु भनेपछि यो हात चाहीँ ठिकै छ भन्ने कुरा हुन्छ र ? ज्वरो चाहीँ आएको छ तर हात चाहिँ ठिकै छ भन्ने कुरा हुन्छ र ? ज्वरो आएपछि त सबैतिर ज्वरो आउँछ नि । त्यसकारण देशको अवस्था राम्रो छैन । प्रशंसा गर्न लायक छैन देशको अवस्था । देश प्रशंसा गर्न लायक छ । देशको इतिहास प्रशंसा गर्न लायक छ । गौरवपूर्ण इतिहास छ । प्रशंसा गर्न लायक छ । भविष्य उज्वल छ । त्यसमा कुनै सन्देह छैन । तर आज सन्तोष मान्न, खुशी हुन सकिने अवस्था छैन । हामीले यस अवस्थालाई बदल्नै पर्ने छ ।’

उनले इन्जिनियरहरुले उच्च आत्मबल, उच्च मनोबलका र उच्च नैतिक बलका साथ देशको सेवा गरिरहेका बताए । इन्जिनियरहरुको समस्यालाई समाधान गर्न सरकार सकारात्मक रहेको उनको भनाई छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्