Shikhar Insurance
National Life

जेठमा भन्दा असारमा घट्यो घरजग्गा कारोबार, देशभर कहाँ कति भयो किनबेच ?

रोशनी तामाङ
२०८१ श्रावण ३, बिहीबार १६:३८
Hyundai
NCELL
NIMB

काठमाडौं । भूमी व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गा कारोबारको तथ्यांक सार्वजनिक गरेको छ । तथ्यांक अनुसार घरजग्गा कारोबारको ग्राफ देशभरी नै आरोलो लाग्न थालेको छ । गत महिनाको तुलनामा यो महिना घरजग्गा कारोबार घट्दै गएको हो

देशभरका मालपोत कार्यालयहरुले असार महिनाभरीमा ४६ हजार १ सय ७९ वटा जग्गाको लिखत पारित गरेको छ । मालपोत कार्यलयहरुले अघिल्लो महिना(जेठ)मा जम्मा ६१ हजार १ सय ६१ वटा जग्गा लिखत पारित गरेको थियो । २०८१ जेठ महिनाको तुलनामा जग्गाको लिखत पारित गर्ने संख्या घट्दै गएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

असार महिनामा सबैभन्दा धेरै लिखत पारित गर्नेको पहिलो नम्बरमा इनरुवा, सुनसरी रहेको छ । इनरुवाले असार महिनाभरीमा २ हजार १ वटा जग्गा लिखत पारित गरेको छ । त्यसैगरी, दोस्रो स्थानमा जनकपुरधाम, धनुषा रहेको छ । असारमा मालपोत कार्यालय जनकपुरधामबाट १ हजार ८ सय १ वटा लिखत पारित भएको छ ।

त्यस्तै, भद्रपुर झापाबाट १ हजार ५७९, बेलवारी मोरङबाट १ हजार ३८३, राजविराज सप्तरीबाट १ हजार ३०८, भक्तपुरबाट १ हजार २ सय १६ वटा लिखत पारित भएका छन् । त्यस्तै, पर्सामा १ हजार २०४, लगनखेल ललितपुरमा १ हजार १२९, कलैया बारामा १ हजार १२५ र सिराहामा १०८५ वटा लिखत पारित भएको छ । एक महिनाको अवधिभित्र विभिन्न मालपोत कार्यलयहरुमा लिखत पारित हुने संख्या घट्दै गएको भूमि सुधार तथा मालपोत कार्यलयको तथ्यांकले देखाएको छ ।

गत महिना (जेठ) मा इनरुवा सुनसरीमा २ हजार ३७६ वटा लिखत पारित भएको थियो । तुलनात्मक रुपमा गत महिनाभन्दा यो महिना सुनसरीमा लिखत पारित गर्नेको संख्या ३७५ ले घटेको छ । त्यसैगरी, जनकपुरधाम धनुषामा २ हजार ३ सय ४८, भद्रपुर झापामा १ हजार ९ सय ८१, बेलबारी मोरङमा १ हजार ९ सय ५८, राजविराज सप्तरीमा १ हजार ७ सय २९ वटा जग्गा कारोबार भएको थियो ।

भक्तपुरमा ११ सय ९७, पर्सामा १ हजार ५ सय ५४, कलैया बारामा १ हजार ४०२ र सिराहामा १ हजार ३ सय ७० वटा लिखत पारित भएको मालपोत कार्यालयले देखाएको छ । त्यसैगरी, असार महिनाभरीमा सबैभन्दा धेरै मालपोत कार्यालय भक्तपुरले राजस्व उठाउन सफल भएको छ । भक्तपुरले सेवा कर, रजिष्ट्रेशन दस्तुर, डोर सुविधा, पूँजीगत लाभ कर, विलम्ब शुल्क गरी जम्मा ५४ करोड ७२ लाख ७ हजार ४ सय ७८ रुपैयाँ राजस्व संकलन गरेको छ । कार्यालयले अघिल्लो महिना जेठमा ३३ करोड ४९ लाख ५७ हजार ४ सय ११ रुपैयाँ राजस्व संकलन गरेको थियो ।

असार महिनामा सबैभन्दा धेरै राजस्व संकलन गर्नेमा दोस्रो स्थानमा लगनखेल, ललितपुर रहेको छ । ललितपुरले ५० करोड ६९ लाख ५१ हजार ८ रुपैयाँ राजस्व उठाएको छ भने अघिल्लो महिना ४४ करोड १३ लाख १४ हजार ९७५ रुपैयाँ राजस्व उठाएको थियो ।

त्यसैगरी, असार महिनामा डिल्लीबजार, काठमाडौं मालपोत कार्यालयले ४४ करोड २ लाख ५४ हजार ६६६ रुपैयाँ, कलंकी काठमाडौंले २७ करोड ६६ लाख २१ हजार ३३९ रुपैयाँ, इनरुवा, सुनसरीले १४ करोड ५० लाख ८७ हजार ६६०, कास्की कार्यालयले १४ करोड ७ लाख ८२ हजार ६५३ रुपैयाँ रकम राजस्व उठाएको छ ।

त्यसैगरी, चितवन मालपोत कार्यालयले १४ करोड ३ लाख १७ हजार १५, वुटवल, रुपन्देहीले ११ करोड ५४ लाख १० हजार ८ सय २० रुपैयाँ, विराटनगर, मोरङले १० करोड ८४ लाख १ हजार ५६१ र भद्रपुर, झापाले ९ करोड ९८ लाख २९ हजार ५२ रुपैयाँ राजस्व संकलन गरेको छ ।
गत महिना जेठमा डिल्लीबजारले २८ करोड ५७ लाख २१ हजार ६०६ रुपैयाँ, कलंकी मालपोत कार्यालयले २९ करोड ४७ लाख ९ हजार २७३, कास्कीले १३ करोड ५२ लाख ५७ हजार ९२२, चितवन कार्यलयले १३ करोड ३९ लाख ९१ हजार ७ सय ३९ राजस्व उठाएको थियो । त्यसरी नै, रुपन्देहीले ९७ करोड ७५ लाख ८ हजार १५९, सुनसरीले १३ करोड ४८ लाख ५६ हजार ३७५, झापाले ७ करोड ८१ लाख ४४ हजार २०४ रुपैयाँ राजस्व उठाएको थियो । गत महिना र यो महिनाको तुलनामा केहि मालपोत कार्यालयहरुले कम राजस्व संकलन गरेका छन् भने कुनै मालपोत कार्यलयले भने बढी रकम राजस्व उठाउन सफल भएका छन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्