काठमाडौं । १४ जिवन बिमा कम्पनीहरुले आर्थिक वर्ष २०८०/०८१ मा १ खर्ब ५६ अर्ब ३१ करोड बिमा शुल्क संकलन गरेको छ । निर्जिवन बिमा कम्पनीहरुले गत आर्थिक वर्ष ४१ अर्ब १६ करोड कुल बिमा शुल्क संकलन गरेका हुन् । प्रथम बीमा शुल्कतर्फ कम्पनीहरुले २७ अर्ब १९ करोड शुल्क संकलन गरेका छन् । एकल बिमाशुल्कतर्फ ६ अर्ब ६ करोड संकलन गर्दा नविकरण बीमा शुल्कतर्फ १ खर्ब २२ अर्ब ४ करोड शुल्क संकलन गरेको छ ।
राष्ट्रिय जीवन बीमा कम्पनीले ८ अर्ब ७१ करोड बिमा शुल्क संकलन गरेको छ । नेशनल लाईफले १९ अर्ब २० करोड संकलन गर्दा नेपाल लाइफ इन्सुरेन्सले ४० अर्ब ८५ करोड बिमाशुल्क संकलन गरेको छ । यस्तै, लाइफ इ. कर्पोरेशन (नेपाल) लिमिटेडले १८ अर्ब ९ करोड,मेट लाइफले ५ अर्ब ६७ करोड, र एशियन लाइफ इस्योरेन्सले ८ अर्ब ५ करोड बिमा शुल्क संकलन गरेको छ । यसैगरी, आइएमई लाइफ इस्योरेन्सले ४ अर्ब ७४ करोड, सन नेपाल लाइफले ३ अर्ब ८८ करोड, रिलायबल नेपालले ४ अर्ब २० करोड र सिटिजन लाइफले ६ अर्ब २१ करोड बिमा शुल्क संकलन गरेको छ ।
सुर्यज्योति लाइफले ९ अर्ब ४९ करोड, सानीमा रिलायन्स लाइफले ६ अर्ब १८ करोड, हिमालयन लाइफले १६ अर्ब ६० करोड र प्रभु महालक्ष्मी लाइफले ४ अर्ब ३७ करोड बिमाशुल्क संकलन गरेको हो ।
निर्जिवन बीमातर्फ कुन कम्पनीले कति उठायो बीमाशुल्क
निर्जिवन बीमातर्फ सबैभन्दा धेरै शिखर इस्योरेन्स कम्पनीले सबैभन्दा धेरै बीमाशुल्क उठाएको छ । कम्पनीले गत आर्थिक वर्षमा ५ अर्ब ४७ करोड शुल्क संकलन गरेर पहिलो नम्बरमा आएको हो । दोस्रो नम्बरमा सगरमाथा लुम्विनी इस्योरेन्स परेको छ । यो कम्पनीले गतवर्ष ४ अर्ब ७८ करोड बिमाशुल्क संकलन गरेको छ ।
नेपाल इस्योरेन्सले १ अर्ब ५९ करोड, ओरिएन्टल इस्योरेन्सले २ अर्ब १६ करोड, २ अर्ब १६ करोड, राष्ट्रिय बीमा कम्पनीले १ अर्ब ५८ करोड, नेशनल इन्योरेन्स कम्पनीले १ अर्ब १९ करोड शुल्क उठाएको छ ।
प्रतिक्रिया दिनुहोस्