Shikhar Insurance
National Life

सिटिजन्स बैंक र हिमाल हस्पिटलबीच विशेष छुट सम्झौता

सिंहदरबार संवाददाता
२०८१ श्रावण २, बुधबार १७:३५
Hyundai
NCELL
NIMB

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ज्ञानेश्वर, काठमाडौंस्थित हिमाल हस्पिटलबीच विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले हिमाल हस्पिटल १० प्रतिशतसम्मको आकर्षक छुट पाउने सम्बन्धमा सम्झौता भएको हो ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिन बैंकले जनाएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा एटिएम, ३ विस्तार काउन्टर र ९८ वटा शाखा रहित बैंकिङ्ग इकाइहरुबाट करिव १८ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्