काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५४.०४ अंकले बढेर २३६४.६३ मा पुगेको छ ।
बुधबार ३०६ कम्पनीको ३ करोड २० लाख ९५ हजार ९ सय ३७ कित्ता सेयर किनबेच हुँदा १२ अर्ब ५ करोड ९२ लाख ६६ हजार १ सय १३ रुपैयाँ कारोबार भएको छ ।
साथै, आज २ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । बुधबार सेन्ट्रल फाइनान्स र सिंगटी हाइड्रोको सेयरमा सर्किट लागेको हो ।
त्यस्तै, आँखु खोला जलविद्युतको ९.९५ प्रतिशत, मन्डकिनी हाइड्रोपावरको ९.९० प्रतिशत, सीईडीबी हाइड्रोको ९.८७ प्रतिशत सहित २२७ कम्पनीको सेयर मूल्य बढेको छ ।
प्रतिक्रिया दिनुहोस्