Shikhar Insurance
National Life

अर्थमन्त्री पौडलको आगमनले सेयर बजारमा उछाल, कारोबार रकम १२ अर्ब नाघ्यो

सिंहदरबार संवाददाता
२०८१ श्रावण २, बुधबार १५:११
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । अर्थमन्त्री विष्णु पौडलको आगमनले पुँजी बजारमा लगानीकर्ताको उत्साहको माहोल सिर्जना भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज(नेप्से) परिसूचक ५४.०४ अंकले बढेर २३६४.६३ मा पुगेको छ । बुधबार ३०६ कम्पनीको ३ करोड २० लाख ९५ हजार ९ सय ३७ कित्ता सेयर किनबेच हुँदा १२ अर्ब ५ करोड ९२ लाख ६६ हजार १ सय १३ रुपैयाँ कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बुधबार २०४ कम्पनीको सेयर मूल्य बढेको छ भने ३२ कम्पनीको सेयर मूल्य घटेको छ र ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

बुधबार सिंगटी हाइड्रो इनर्जीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको २३ करोड ५५ लाख ८१ हजार ६ सय ३७ रुपैयाँ कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता मूल्य २ सय ७ रुपैयाँ पुगेको छ ।

साथै, आज २ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ भने सिटिजन्स म्युचुअल फण्डको सेयरमा ९.९० प्रतिशतले घटेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्