Shikhar Insurance
National Life

राष्ट्रपतिद्वारा तीन विधेयक प्रमाणीकरण

सिंहदरबार संवाददाता
२०८१ श्रावण १, मंगलवार १६:०६
Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनका बैठकबाट पारित तीन विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपतिले आर्थिक विधेयक, २०८१, राष्ट्र ऋण उठाउने विधेयक, २०८१ र भन्सार महसुल विधेयक, २०८१ आज प्रमाणीकरण गरेका हुन् ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम ती विधेयक प्रमाणीकरण गरेका राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्