Skip to content
Shikhar Insurance
National Life

जनकपुर रिफाइनरीजले ल्याएको पामोलिन तयारी तेलमै वर्गिकरण हुने, पाम तेल आयात गर्ने सबै उद्योग प्रभावित

Hyundai
NCELL
NIMB

काठमाडौं । जनकपुर रिफाइनरीज प्रालीले ल्याएको पामोलिन तयारी तेलमै वर्गिकरण हुने भएको छ । विराटनगर भन्सार कार्यालयले प्रालीले ल्याएको तेल क्रुड (कच्चा) नभई तयारीमै वर्गिकरण गर्न लागिएको हो ।

प्रालीले ल्याएको पाम तेल भन्सार कार्यालयमा क्रुड (क्रुड) भएको व्यवसायीले घोषणा गरेका थियो । क्रुड घोषणा गरिएको सो तेल भन्सार कार्यालयले शंका मानी भन्सार विभागको प्रयोगशालामा पठाएको थियो । भन्सार विभागको प्रयोगशालाबाट तयारी तेल भएको रिपोर्ट आएपछि कार्यालयले तयारी तेल अर्थात भन्सार शिर्षक नम्बर १५११९०.२० मा वर्गिकरण गर्यो । सो विषय चित्त नबुझेपछि प्राली उच्च अदालत पाटन गएको छ । पाटन अदालतले भने प्रयोग शालाको रिपोर्टलाई अर्ध न्यायिक प्रकृतिको निर्णय मान्न सकिने उल्लेख गरेको छ ।

उच्च अदालत पाटनले जनकपुर रिफाइनरीजको तेललाई सात दिन भित्र बिना शर्त धरौटी लिएर भन्सार जाँचपास गर्न भनेको थियो । सोहि अनुसार थप ५ प्रतिशत धरौटी अर्थात ९४ लाख रुपैयाँ लिएर सामान जाँचपास भइ सकेको छ । असार १३ गते भन्सार विभागको नाममा पत्र लेख्दै उच्च अदालत पाटनले १ महिना भित्र कानून अनुसार वर्गिकरण गर्न भनिसकेको छ ।

जस अनुसार अब साउन १३ गते अगावै सब तेल कुन शिर्षक अन्तर्गत पास गर्ने निर्णय गरिसक्नु पर्नेछ । अदालतकव आदेश अनुसार विराटनगर भन्सार कार्यालयले वर्गिकरणको प्रकृया अघि बढाएको छ । कार्यालय प्रमुख ज्ञानेन्द्र ढकालले भने, ‘अदालतको आदेश अनुसार हामीले वर्गिकरणको प्रकृया अघि बढाएका छौं, भन्सार ऐन, अन्तर्राष्ट्रिय भन्सार कानून बमोजिम वर्गिकरण गरिनेछ ।’

कार्यालय स्रोतका अनुसार जनकपुर रिफाइनरीजले ल्याएको तेल तयारी  शिर्षक अर्थात १५११९०.२० मै वर्गिकरण गरिनेछ । जनकरपुर रिफाइनरिजको यो निर्णयले अन्य भन्सारबाट आयात हुने तेललाई पनि असर गर्नेछ । जनकरपुर रिफाइनरीजको समस्या पछि  अन्य कम्पनीहरुले ल्याएको तेलमा पनि भन्सार विभागले छड्के चेकजाँच गरेको थियो । सबै कम्पनीहरुले ल्याएको तेल तयारी नै भएको देखिएपछि सबै कार्यालयहरुले ५ प्रतिशत धरौटी राखी जाँचपास गराइरहेका छन् ।

कच्चा तेल भनि जाँचपास गर्दा १० प्रतिशत मात्रै भन्सार तिर्दा पुग्छ भने तयारी भन्सार शिर्षकबाट जाँचपास गर्दा १५ प्रतिशत भन्सार महसुल लाग्ने गर्छ । तयारी भन्सार शिर्षकबाट जाँचपास गर्दा भारतमा निर्यात गर्न कठिन हुने उद्योगीहरुले बताउँदै आएका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्