काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेपाल सरकारका दुई वटा विकास ऋणपत्र सूचीकरण भएका छन् । मंगलबार नेप्सेमा नेपाल सरकारको २ विकास ऋणपत्र सूचीकरण भएको हो ।
नेप्सेमा (एनपीडीबी ६०६२ ०८७२ ०८७ च) नामको ६ वर्ष अवधि भएको विकास ऋणपत्र र (एनपीडीबी ०८०४२ ०८९ २०८९ घ) नामको ८ वर्ष अवधि भएको विकास ऋणपत्र सूचीकृत भएको छ ।
नेप्सेले उक्त ऋणपत्रहरु विकास ऋणपत्रहरु धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनिमय ८ अनुसार सूचीकृत गरेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्