Shikhar Insurance
National Life

लक्ष्मी इन्टरकन्टिनेन्टलद्वारा आयोजित ‘हुन्डाई फेस्टिभ डिलाइट’ अफरको विजेता घोषित

सिंहदरबार संवाददाता
२०८१ असार ३१, सोमबार १५:४६
Hyundai
NCELL
NIMB

काठमाडौं । हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं तिहारको उपलक्ष्यमा ल्याएको ‘ूहुन्डाई फेस्टिभ डिलाइट २०८०’ अफरको बम्पर विजेताको नाम घोषणा गरेको छ ।

‘हुन्डाई फेस्टिभ डिलाइट २०८०’  अफर अनुरुप बम्पर लक्की ड्रअन्तर्गत, सुनसरीका ईन्द्र प्रसाद गुरागाइ, कुपन नम्बर ५३, अलायन्स मोटर्स प्रा लि, हुन्डाइ बिर्तामोड का ग्राहकले हुन्डाई Exter जितेका छन् । लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्राहकवर्गको निम्ति विभिन्न नौलो योजना ल्याउने गरेको र ‘हुन्डाई फेस्टिभ डिलाइट २०८०’ योजना मार्फत पनि विभिन्न सेवा सुविधा प्रदान गर्ने लक्ष्य लिएको कम्पनीले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सो अफर अनुरुप हरेक नँया हुन्डाई गाडीको खरिदमा ग्राहकहरुले ६ लाख सम्मको आकर्षक नगद छुट र एक वर्षको लागि निःशुल्क बीमा तथा सडक कर, त्यसैगरी स्क्रयाच कार्ड मार्फत थप १ लाख सम्मको नगद छुट र बम्पर उपहार अन्तर्गत लक्कि ड्र मार्फत १ जना विजेतालाई हुन्डाई Exter जित्ने मौका थियो ।

‘हुन्डाई फेस्टिभ डिलाइट २०८०’ अफरको विजेताको घोषणा हुन्डाई नेपालको फेशबुकमा लक्की ड्र मार्फत २०८१ असार ३१ गते, ११ बजे गरिएको थियो । सो कार्यक्रमको मुख्य अतिथिमा कनज्युमर आई नेपालकी अध्यक्ष बिमला खनाल रहेकी थिईन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्