काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १७.१८ अंकले घटेर परिसुचक २२४०.४१ को बिन्दुमा पुगेर बजार बन्द भएको छ ।
सोमबार ८ अर्ब ७३ करोड १४ लाख ३६ हजार ३८ रुपैयाँ कारोबार भएको छ ।
सोमबार सेयर बजार दोहोरो अंकले घटेपनि अपर तामाकोशी हाइडोपावर लिमटेडको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ३७ करोड ८ लाख ७२ हजार ५ सय ८९ रुपैयाँ ६० पैसा कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता मूल्य १ सय ७६ रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्