Skip to content
Shikhar Insurance
National Life

यस्ता छन् केपी ओली मन्त्रिपरिषदका मन्त्रीहरु

Hyundai
NCELL
NIMB

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गरेका छन् । प्रधानमन्त्री ओलीले सोमबार नै २२ सदस्यीय मन्त्रिमण्डल विस्तार गरेका हुन् । ओली क्याबिनेटमा प्रकाशमान सिंह, उपप्रधान तथा सहरी विकास, विष्णु पौडेल, उपप्रधान तथा अर्थ, पृथ्वीसुब्बा गुरुङ, सञ्चार तथा सूचना मन्त्रालय, रमेश लेखक, गृह, शरतसिंह भण्डारी, श्रम तथा रोजगार, आरजु राणा देउवा, परराष्ट्र, नवलकिशोर साह सुडी, महिला बालबालिका मन्त्री बनेका छन् ।

यस्तै, बलराम अधिकारी, भूमि व्यवस्था तथा सहकारी, दामोदर भण्डारी, उद्योग वाणिज्य तथा आपूर्ति देवेन्द्र दाहाल, भौतिक पूर्वाधार तथा यातायात,  तेजुलाल चौधरी, युवा तथा खेलकुद, प्रदीप यादव, खानेपानी, प्रदीप पौडेल, स्वास्थ्य, अजय चौरसिया, कानुन न्याय तथा संसदीय मामिला मन्त्री बनेका छन् । यसैगरी, बद्री प्रसाद पाण्डे, पर्यटन, रामनाथ अधिकारी, कृषि, विद्या भट्टराई, शिक्षा विज्ञान तथा प्रविधि, मानवीर राई, रक्षा, दीपक खड्का, जलस्रोत तथा ऊर्जा, राजकुमार गुप्ता, संघीय मामिला तथा सामान्य र ऐनबहादुर शाही ठकुरी, वन तथा वातावरण रहेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्