Shikhar Insurance
National Life

राष्ट्रिय वाणिज्य बैंकद्वारा एकैपटक ६ स्थानमा शाखा विस्तार

सिंहदरबार संवाददाता
२०८१ असार ३१, सोमबार १२:१२
Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशको विभिन्न ६ स्थानमा आईतबार एकैपटक शाखा विस्तार गरी कारोबार शुभारम्भ गरेको छ । बैंकले सुनसरी, काठमाडौंस्थित लाजिम्पाट र सुकेधारामा, कास्की, रुपन्देही र बर्दियामा शाखा विस्तार गरेको हो ।

सुनसरी जिल्लाको हरिनगरा नगरपालिका वडा नः २, भुटाहास्थित शाखा कार्यालय भुटाहा, काठमाडौं जिल्लाको काठमाडौं महानगरपालिका वडा नः २, लाजिम्पाटस्थित शाखा कार्यालय लाजिम्पाट, काठमाडौं जिल्लाको काठमाडौं महानगरपालिका वडा नः ४, सुकेधारा स्थित शाखा कार्यालय सुकेधारामा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यस्तै, बैंकले कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नः १, हरिचोक स्थित शाखा कार्यालय हरिचोक, रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका वडा नः ५, मणिग्राम स्थित शाखा कार्यालय मणिग्राम, बर्दिया जिल्लाको बढैयाताल गाँउपालिका वडा नः ६, मैनापोखर स्थित शाखा कार्यालय मैनापोखर शाखा कार्यालयहरु विस्तार गरी आईतबारबाट कारोबार शुभारम्भ गरेको छ ।

यसपछि बैंकको शाखा कार्यालयहरुको संख्या २९४ पुगेको छ । साथै, बैंकले आईतबार नै स्याङ्जाको चापाकोट नगरपालिका वडा न. १० स्थित इसान बहुप्राविधिक शिक्षालयमा ७३ औं एक्स्टेन्सन काउन्टर समेत सञ्चालनमा ल्याएको छ । बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २९४ वटा शाखा कार्यालय, ३०८ वटा एटिएम र ७३ वटा एक्स्टेन्सन काउन्टर रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्