Skip to content
Shikhar Insurance
National Life

केपी ओलीको गृहनगर मोहः दमकलाई ५ ठूला प्रोजेक्ट, रंगशालादेखि बहुतले बसपार्क

Hyundai
NCELL
NIMB

काठमाडौं । आगामी आवको बजेटमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीले गृहनगर मोह थप स्पष्ट पारेका छन् । अर्थमन्त्री विष्णुप्रसाद पौडेलमार्फत् ओलीले दमकलाई बजेट वक्तव्यमार्फत् नै ५ ठूला परियोजनाको व्यवस्था गरेका हुन् ।

बजेटअनुसार

१. बालबालिकाको अन्तरनिहित प्रतिभा प्रस्फुटन गराई वहुआयामिक विकास गर्न झापाको दमकमा गुणस्तरीय शिक्षा सहितको चिल्ड्रेन प्याराडाइज स्थापना गरिनेछ ।

२. झापाको दमक आगामी दुई वर्षभित्र ‍औद्योगिक क्षेत्रको पूर्वाधार निर्माण सम्पन्‍न गरिनेछ।

३. झापाको दमकमा अन्तर्राष्‍ट्रियस्तरको मदन भण्डारी रङ्गशाला दुई वर्षभित्र सञ्‍चालनमा ल्याउने गरी निर्माण प्रारम्भ गरिनेछ।

४. दमकमा ढल प्रशोधन केन्द्र निर्माण सम्पन्‍न गरिनेछ।

५. झापाको दमकमा बहुतले बसपार्क सहितको सिटि पार्क निर्माण गर्न बजेट छुट्याएकोछु।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्