Skip to content
Shikhar Insurance
National Life

सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा, क-कस्ले दिन पाउँछन् आवेदन ?

Hyundai
NCELL
NIMB

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले सेयरधनीहरुको नाममा रहेको सेयर बिक्रीमा ल्याएको हो ।

बैंकले सेयरधनी बैंकले सेयरधनी हेम सागर ढुंगानाको नाममा रहेका ३३ हजार ३ सय ९६ कित्ता सेयर, बेल प्रसाद गोचनको नाममा रहेको २४ हजार ८ सय ५४ कित्ता, धन काजी गुरुङको नाममा रहेको १० हजार ५ सय १७ कित्ता, र सति देवी शेरचनको नाममा रहेको ६ हजार ९ सय ५ कित्ता सेयर गरी जम्मा ७५ हजार ६ सय ७२ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

सेयरको प्रतिकित्ता न्युनतम मूल्य भने तोकिएको छैन । उक्त संस्थापक सेयर खरिद गर्न ईच्छुक संस्थापक सेयरधनीहरुले यो सूचना प्रकाशित भएको ३५ दिनभित्र आवश्यक कागज संलग्न गरी बैंकको केन्द्रीय कार्यालय बालुवाटार, काठमाडौंमा के कति कित्ता सेयर खरिद गरी गर्ने हो सो को व्यहोरा खुलाई निवेदन दिनुपर्ने बैंकले जनाएको छ ।

उक्त म्याद भित्र संस्थापक सेयरधनीबाट सेयर खरिदको कुनै पनि निवेदन पेश हुन नआएको खण्डमा प्रचलित नियमानुसार अन्य व्यक्ति तथा संस्थामा सेयर बिक्री प्रकृया अगाडि बढाउँने बैंकले सूचना मार्फत जानकारी दिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्