काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको मूल्य स्थिर रहेको छ । अघिल्लो दिन(शुक्रबार) १ लाख ४६ हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार स्थिर रहेको हो ।
आइतबार छापावाला सुन प्रतितोला मूल्य १ लाख ४६ हजार ७०० रुपैयाँमा किनबेच भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४६ हजार रुपैयाँ रहेको छ । सुन अघिल्लो दिन पनि सोही मूल्यमा किनबेच भएको थियो ।
त्यस्तै, चाँदी प्रतितोला २५ रुपैयाँले घटेर १ हजार ८ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी अघिल्लो दिन १ हजार ९०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
प्रतिक्रिया दिनुहोस्