Shikhar Insurance
National Life

संबिधानको धारा ७६(२) अनुसार सरकार गठन आव्हान, केपी ओलीलाई प्रधानमन्त्री बन्ने बाटो खुल्यो

सिंहदरबार संवाददाता
२०८१ असार २८, शुक्रबार २०:३३
Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संबिधानको धारा ७६(२) अनुसार नयाँ सरकार गठनका लागि आव्हान गरेका छन् । राष्ट्रपतिको आव्हानसँगै एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री बन्ने बाटो खुला भएको छ ।

नयाँ सरकार गठन संबिधानको धारा ७६(२) वा ७६(३) अन्तर्गत बनाउने भन्ने अन्यौलका बीच राष्ट्रपति रामचन्द्र पौडेलले पहिलो विकल्प रोजेका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

काँग्रेस–एमालेबिच असार १७ गते आलोपालो सरकारको नेतृत्व गर्ने गरि नयाँ गठबन्धन बनाउने सहमति भएको थियो । सो सहमतिपछि प्रधानमन्त्री प्रचण्डले असार २८ गते विश्वासको मत लिए र उनी विश्वास पाउन असफल भैसकेका छन् । प्रधानमन्त्रीले विश्वासको मत नपाएपछि राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आव्हान गरेका हुन् ।

नयाँ सरकार गठनका लागि संसदमा रहेका दलहरुले असार ३० गते साँझ ५ बजेभित्र दावी पेश गरिसक्नुपर्नेछ ।

कानुनविदहरु बिच धारा ७६(२) वा ७६(३) अनुसार सरकार गठन हुनुपर्ने भन्नेबारे मतभेद थियो । केहि कानुन विदहरुले ७६(२) अनुसार नै सरकार गठन गर्न सकिने बताएका थिए भने केहि संबिधान विदहरुको राय अब संबिधानको धारा ७६(३) मै जानुपर्ने भन्ने थियो ।
धारा ७६(३) मा जाँदा संसदको सबै भन्दा ठूलो दलको संसदीय दलको नेताका रुपमा काँग्रेस सभापति शेर बहादुर देउवा प्रधानमन्त्री बन्ने थिए । तर धारा ७६(२) अनुसार नै सरकार बन्न सक्ने अवस्था रहेकाले सोही व्यवस्था अनुसार नयाँ सरकार गठन आव्हान भएको हो ।
राष्ट्रपतिको यो कदमका विरुद्ध अब सर्वाेच्च अदालतमा मुद्धा पर्ने निश्चित जस्तै छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्