काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अर्को सरकार गठन नभएसम्मका लागि पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले काम चलाउने जनाएका छन् । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७७ को उपधारा ३ बमोजिम अर्को मन्त्रिपरिषद् गठन नभएसम्म यही सरकारले काम चलाउने जनाएका हुन् ।
प्रचण्ड असार २८ गते संसदमा विश्वासको मत प्राप्त गर्न असफल भएका थिए । सरकारको विस्वासको मत पक्षमा ६३ मत खस्दा विपक्षमा १९४ मत खसेको थियो । विस्वासको मत गुमाएपछि दाहाल स्वत पदमुक्त भएका हुन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम मिति २०७९ पुस १० गते प्रचण्डलाई प्रधानमन्त्री पदमा नियुक्ति गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्