Shikhar Insurance
National Life

नेशनल लाइफले गर्‍याे १४.७३ प्रतिशत लाभांश घोषणा

सिंहदरबार संवाददाता
२०८१ असार २८, शुक्रबार ११:३९
Hyundai
NCELL
NIMB

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले आव २०७९/०८० को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको असार २७ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार हाल कायम चुक्तापूँजीको १० प्रतिशतका दरले नगद लाभांश र ४ प्रतिशत बोनस  सेयर गरी कूल १४.७३ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

कम्पनीले प्रस्ताव गरेको नगद र बोनश सेयर लाभांशमा लाग्ने कर प्रयोजनको लागि ०.७३६८ प्रतिशत नगद लाभांश पनि दिने जनाएको छ । कम्पनीको प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएपछि र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुने कम्पनीले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

GBIME

प्रतिक्रिया दिनुहोस्