काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले सेयरधनीहरुको नाममा रहेको सेयर बिक्रीमा ल्याएको हो ।
सेयरको संख्या र प्रतिकित्ता न्युनतम मूल्य भने तोकिएको छैन उक्त संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागज संलग्न गरी बैंकको केन्द्रिय कार्यालय कमलपोखरी, काठमाडौंमा के कति शेयर कित्ता खरिद गरी लिने हो सोको व्यहोरा खुलाई निवेदन दिनुपर्ने बैंकले जनाएको छ।
तोकिएको उक्त म्यादभित्र संस्थापक सेयरधनीहरुबाट सेयर खरिदको कुनै निवेदन पेश हुन नआएको खण्डमा प्रचलित नियमानुसार अन्य व्यक्ति तथा संस्थामा सेयर बिक्री गर्ने बैंकले सूचनामार्फत जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्