Skip to content
Shikhar Insurance
National Life

गरिमा विकास बैंकको ४ लाख २६ हजार कित्ता सेयर बिक्रीमा

Hyundai
NCELL
NIMB

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले संस्थापक सेयर अन्य व्यक्ति वा संस्थाहरूकाे लागि बिक्रीमा ल्याएककाे छ । कम्पनीले संस्थापक सेयरधनीको नाममा रहेका ४ लाख २६ हजार ९ सय ९०.३० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयर पहिले नै संस्थापक सेयरधनीहरुबाट खरिद बिक्री नभएर कम्पनीले आज एक सूचना प्रकाशन गरी अन्य व्यक्ति वा संस्थाको लागि बिक्रीमा ल्याएको हो ।

सेयर खरिदको लागि इच्छुक अन्य व्यक्ति वा संस्थाहरुले सूचना प्रकाहन भएको १५ दिनभित्र आवश्यक कागजात संकलन गरी बैंकको केन्द्रीय कार्यालय लाजिम्पाटमा आफूले खरीद गर्न चाहेको सेयर विवरण खुलाई आवेदन पेश गर्न सक्नेछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्