Shikhar Insurance
National Life

गत २ वर्षदेखि निर्माण उद्योग नेगेटिभ ग्रोथमा : महासचिव दाहाल

सिंहदरबार संवाददाता
२०८१ असार २७, बिहीबार १५:०५
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रोशन दाहालले गत २ वर्षदेखि निर्माण उद्योग नेगेटिभ ग्रोथमा रहेको बताएका छन् । उनले बिहिबार एक पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् ।

उनले कार्यक्रममा बोल्दै छिटो सरकार परिवर्तन हुने अवस्थाले गर्दा निर्माण व्यवसायीका बाँकी रकम भुक्तानी नभएकाे दावी गरे । उनले सरकार परिवर्तनले अर्थ मन्त्रालयले असहयोगी भूमीका निर्वाह गरेको बताउँदै भने, ‘आगामि वर्षदेखि निर्माण उद्योगलाई चलायमान बनाउँनुपर्छ । अहिले निर्माण उद्योगहरु आफ्नो क्षमतामा चल्न सकिरहेको छैन । यस्तो अवस्थामा सरकार र सम्बन्धीत निकायले पनि आवश्यक कदम र पहल नगरिदिदाँ निर्माण व्यवसायीहरु मारमा परेका छन् । निर्माण व्यवसायीहरुको अरर्बौ रकम भुक्तानी नहुँदा ‘सप्लाई चेन’ नै अस्तव्यस्त भई निर्माणसँग सम्बन्धित उद्योगहरु नै बन्द हुने स्थिति सिर्जना भएको छ ।’

Citizen Life
Kumar Bank
Prabhu Insurance

निर्माण उद्योगको नेगेटिभ ग्रोथका कारण निर्माण उद्योगहरुले रोजगारहरु सिर्जना गर्न नसकिरहेको महासचिव दाहालले गुनासो गरे । सरकारले २५ प्रतिशत अतिरिक्त रकम सहुलियत दरको कर्जा निर्माण व्यवसायीहरुलाई उपलब्ध गराउन समेत उनले माग गरेको छ ।सरकारले भुक्तानी गर्न बाकि रकमलाई रकमान्तर मन्त्रालयगत बजेट सूचना प्रणाली स्विकृत गरी सबै बाँकी रकम भुक्तानी यही असार मसान्तसम्ममा उपलब्ध गराइदिनका अर्थ मन्त्रालय सहितका सम्बन्धित निकाय समक्ष महासंघले पुन: माग गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्